२१ साउन, काठमाडौं ।

बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ ।

बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेदेखि बन्द भएको जानकारी दिएको हो ।

विमानस्थलका सबै कामकारबाही पनि बन्द गरिएको छ ।