काठमान्डु Archives - Himshikhar Dainik

दोरम्बा शैलुङका पहिरो पीडितलाई आर्थिक सहयोग
१६ भदौ(२०८१), रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा भदौ ८ गते राति गएको पहिरामा ज्यान गुमाएका र विस्थापित परिवारलाई नेकपा (एमाले) रामेछापले आर्थिक सहयोग गरेको छ ।
बिहीबार टोकरपुरमा एक कार्यक्रम आयोजना गरी एमालेले पीडितलाई आर्थिक सहयोग गरेको हो । पहिरो पीडित परिवारलाई रु. सात लाख ३२ हजारभन्दा बढीको आर्थिक सहयोग गरिएको नेकपा (एमाले) दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष देउबहादुर थापाले जानकारी दिनुभयो ।
नेकपा (एमाले) पोलिटब्युरो सदस्य कमल चौलागाईं, बाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य एवं सङ्गठन विभाग सचिव माधव ढुङ्गेल, बाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, ज्ञानकुमार श्रेष्ठ, लब श्रेष्ठ, गोपाल श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कंडरिया, सचिव प्रकाशकुमार कार्की लगायतका जिल्ला र पालिकाका नेताहरू तथा जनप्रतिनिधि समेतको उपस्थितिमा रकम वितरण गरिएको हो ।
पहिरोमा परी ज्यान गुमाएका सात जना र बेपत्ता भएका तीन जनाका परिवारलाई प्रतिमृतक रु. २५ हजारका दरले  नेकपा (एमाले) जिल्ला कमिटी रामेछापले दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
पहिरोमा परी स्थानीय चण्डिका थापा मगर श्रेष्ठ, आमोश श्रेष्ठ, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरी, पुड्की पहरीको ज्यान गएको थियो भने काले पहरी, झ्याउँकिरी पहरी र विनिता पहरी अझै बेपत्ता छन् ।
यसैगरी पूर्णरूपमा घर क्षति भएका कर्णबहादुर पहरीलाई २० हजार रुपैयाँ तथा पशुधन क्षति भएका गोमा पहरी र गङ्गाबहादुर पहरीलाई प्रतिपरिवार १० हजारका दरले नेकपा (एमाले) दोरम्बा शैलुङ गाउँपालिका कमिटी र पालिका–काठमाडौं सम्पर्क मञ्चले २० हजार रुपैयाँ प्रदान गरेको छ ।
यसैगरी पहिरोको डरले विस्थापित भएर टोकरपुरका विभिन्न घरमा शरण लिएर बसिरहेका ५९ परिवारलाई प्रतिपरिवार रु. पाँच हजार ५०० का दरले नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले तीन लाख २४ हजार ५०० रुपैयाँ उपलब्ध गराउनुभएको छ ।
त्यस्तै विस्थापित ती परिवारलाई नेकपा (एमाले) दोरम्बा शैलुङ गाउँपालिका कमिटी र नेकपा (एमाले) दोरम्बा शैलुङ गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चको तर्फबाट प्रति परिवार रु. दुई हजारका दरले एक लाख १८ हजार रुपैयाँ उपलब्ध गराइएको छ । यसरी राहत स्वरूप कुल सात लाख ३२ हजार ५०० रुपैयाँ उपलब्ध गराइएको छ ।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य कमल चौलागाईंले जनतालाई दुःख पर्दा सबैले सहयोग गर भनेर नेकपा (एमाले)ले आफ्ना नेता, कार्यकर्तालाई निर्देशन दिएको बताउनुभयो । सोही निर्देशन अनुसार नै पीडितलाई पार्टीका नेता, कार्यकर्ताहरूले सहयोग गर्नुभएको चौलागाईंले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले घटनाले एमालेलाई दुःखित तुल्याएको बताउनुभयो ।
उहाँले यस्तो विपतको बेलामा जसले सहयोग गर्यो ।  पीडितका लागि त्यही ईश्वर हुने बताउनुभयो । अध्यक्ष ढुङ्गेलले पीडितलाई सहयोग गर्ने पार्टीका प्रदेश सदस्य रत्न गौतम लगायतलाई धन्यवाद दिनुभयो ।
उहाँले यस्तै बेलामा राज्य र राजनीतिक दलको बढी आवश्यकता हुने बताउनुभयो ।
उहाँले बाढी पहिरोले बगाएको स्थानीय अँधेरी खोलाको पुलको ठाउँमा बेलीब्रिज निर्माणको विषयमा बाग्मती प्रदेश सरकारसँग कुरा भएको र दशैं अघि नै सो पुल बन्ने जानकारी दिनुभयो । पहिरोबाट क्षति भएकाहरूको सबै विवरण सरकारी निकायमा पठाउन आग्रह गर्दै उहाँले पीडित परिवारको राहतको लागि एमालेले पहल गर्ने बचन दिनुभयो ।

The post दोरम्बा शैलुङका पहिरो पीडितलाई आर्थिक सहयोग appeared first on Himshikhar Dainik.