आगामी मंसिरमा उपनिर्वाचन ।

काठमाडौँ : सरकारले उपनिर्वाचनको मिति तोकेको छ।

निर्वाचन आयोगको सिफारिशमा विभिन्न स्थानीय तहमा रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्ने निर्णय आज बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारीले मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न सिफारिश गरेका थिए। 

आयोगको सिफारिशअनुसार मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले जानकारी दिए। 

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका २ प्रमुखसहित ४१ जना जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुन भएको हो। 

प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

घट्यो पेतरोलियम पदार्थको मुल्य ।

३० भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा…

Read more

जिबि राई पक्रन मलेसिया गएको प्रहरी किन आए खाली ? कारण यस्तो छ

३० भदौ काठमाण्डौ – मलेसिया गएको प्रहरी खाली फर्केको छ । जिबि राई पक्रन नेपालबाट मलेसिया गएको टोलीलाई दुई देश बिचको कुटनितिक समबन्धले गर्दा काममा समस्या भएको रिपोर्टिङ प्रहरीले गृह…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

आगामी मंसिरमा उपनिर्वाचन ।

आगामी मंसिरमा उपनिर्वाचन ।

घट्यो पेतरोलियम पदार्थको मुल्य ।

घट्यो पेतरोलियम पदार्थको मुल्य ।

जिबि राई पक्रन मलेसिया गएको प्रहरी किन आए खाली ? कारण यस्तो छ

जिबि राई पक्रन मलेसिया गएको प्रहरी किन आए खाली ? कारण यस्तो छ

आगामी बर्ष देखि त्रिविले तीन क्याम्पसबाट ट्रान्सक्रिप्ट दिने।

आगामी बर्ष देखि त्रिविले तीन क्याम्पसबाट ट्रान्सक्रिप्ट दिने।

जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष सहितको मृत्यु ।

जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष सहितको मृत्यु ।

विश्रामको छुट नभएको मंत्रीहरुलाई प्रधानमंत्रीको निर्देशन ।

विश्रामको छुट नभएको मंत्रीहरुलाई प्रधानमंत्रीको निर्देशन ।