आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

भदौ ३१ सिड्नी । पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय पत्रिका पोस्ट–कुरियरका अनुसार मुलुकको सबैभन्दा ठूलो सुन भण्डारमध्येको एक एन्गा प्रान्तको पोर्गेरा उपत्यकामा अवैध दुई खानी समूह एकआपसमा लड्दा गत साता एउटा समूहले अर्को समूहका दुई जनालाई मारेको थियो ।

दुई स्थानीय खानी कामदारसहित करिब २० व्यक्तिको मृत्यु भएको छ । प्रत्येक दिन मृतकको सङ्ख्या लगातार बढ्दै गएको छ । पोर्गेरामा पाँच हजारभन्दा बढी मानिसको सामूहिक पलायन भएको बताइएको छ ।

प्रहरी आयुक्त डेभिड म्यानिङले पोर्गेराका पूर्वाधार र बासिन्दाहरूको सुरक्षाका लागि आपत्कालीन आदेशहरू घोषणा गरिएको बताउनुभयो ।

पोर्गेरा खानीलगायत महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न प्रहरीले लडाकूहरूलाई हटाउन बलको वैध प्रयोग बढाइने उहाँले जानकारी दिनुभयो ।

“सुरक्षा कर्मचारीहरूले निर्दोषहरूको सुरक्षा गर्न उपयुक्त भएमा वैध घातक बल प्रयोग गर्नेछन् । यसको मतलब सार्वजनिक रूपमा आपत्तिजनक हतियार बोक्ने कुनै पनि व्यक्तिलाई खतरा मानिनेछ र तदनुसार बल प्रयोग गरी व्यवहार गरिनेछ”, म्यानिङले भन्नुभयो, “हामीसँग जमिनमा मोबाइल स्क्वाड, डग स्क्वाड र सेक्टर रेस्पोन्स युनिटका साथै पपुवा न्यु गिनी डिफेन्स फोर्सका कर्मचारीहरू सहित एक सय २२ सुरक्षाकर्मी छन् ।”

न्गाका गभर्नर पिटर इपाटासले आइतबार सरकारलाई पोर्गेरा उपत्यकामा आदिवासी हिंसाको वृद्धिका कारण आपत्कालको अवस्था लागू गर्न आह्वान गर्नुभयो । रासस

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

३१ भाद्र काठमाडौँ । काठमाडौँ उपत्यकाका खोला तथा नदी किनारमा थप २० मिटर जग्गा छाड्नुपर्ने सर्वोच्च अदालतले यसअघि गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दर्ता गरेको छ।  यसअघिको फैसला त्रुटिपूर्ण र…

Read more

आगामी मंसिरमा उपनिर्वाचन ।

काठमाडौँ : सरकारले उपनिर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगको सिफारिशमा विभिन्न स्थानीय तहमा रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्ने निर्णय आज बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो।  प्रधानमन्त्री केपी…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

आगामी मंसिरमा उपनिर्वाचन ।

आगामी मंसिरमा उपनिर्वाचन ।

घट्यो पेतरोलियम पदार्थको मुल्य ।

घट्यो पेतरोलियम पदार्थको मुल्य ।

जिबि राई पक्रन मलेसिया गएको प्रहरी किन आए खाली ? कारण यस्तो छ

जिबि राई पक्रन मलेसिया गएको प्रहरी किन आए खाली ? कारण यस्तो छ

आगामी बर्ष देखि त्रिविले तीन क्याम्पसबाट ट्रान्सक्रिप्ट दिने।

आगामी बर्ष देखि त्रिविले तीन क्याम्पसबाट ट्रान्सक्रिप्ट दिने।