
१ असोज काठमाण्डौ । अख्तियारमा परेको उजुरि मध्ये सबौभन्दा धेरै स्थानिय तह संग संबन्धित उजुरि परेको छ ।
गत आर्थिक वर्ष आयोगमा कुल २६,९१८ उजुरी परेका थिए भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ९,२६८ उजुरी थिए।
गएको आर्थिक वर्षमा कारबाही गर्नुपर्ने कुल उजुरीको सङ्ख्या ३६,१८६ रहेकोमा ७६.५९ प्रतिशत अर्थात् २७,७१४ उजुरीहरू ‘स्क्रिनिङ’ तथा प्रारम्भिक छानबिनबाट नै फर्छ्यौट भएको आयोगले जनाएको छ।
आयोगमा परेका कुल उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तहसमेत)सँग सम्बन्धित ३८.९१ प्रतिशत छन् भने दोस्रोमा शिक्षा (स्थानीय तहसमेत) १५.७९ प्रतिशत छन्।
“यी दुवै भनेका स्थानीय तहसँग नै सम्बन्धित भएकाले स्थानीय तहसँग सम्बन्धित उजुरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ भने अन्य क्षेत्रको ५० प्रतिशतभन्दा कम देखिन्छ,” प्रवक्तानरहरि घिमिरेले भने।







