वर्षाको प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

१२ भदौ काठमाडौँ — अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोसी, काबेली, तमोर करिडोरका विभिन्न आयोजनाहरुको विद्युत् उत्पादन बन्द भएको हो । प्रसारण लाइनका कारण लिखु १, लिखु २, लिखु ए, तल्लाे लिखु, खिम्ती र माथिल्लाे खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प भएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जनाए । बाढीपहिरोका कारण मान्डु हाइड्रोपावर, माथिल्लाे तामाकाेशी, मध्य साेलु, बेनी साेलु, साेलु दुधकाेशी, माथिल्लाे दुधकुन्ड र मध्य तमाेरलगायतका जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन ठप्प भएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्‍याएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशीमा पानीको बहाब उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले जनाएको छ । नदीले सतह तह पार गरेपछि धेरै विद्युत् उत्पादन बन्द भएको प्राधिकरणका प्रवक्ता घोषले जानकारी दिए । बाढीले २२ मेगावाट क्षमताको मान्डु हाइड्रोपावरको पावर हाउस डुबाएको घोषले बताए । उनका अनुसार माथिल्लो तामाकोसी र मान्डु हाइड्रोपावरमा क्षति पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले बाढी आएसँगै देशभरका जलविद्युत् आयोजनाको पावर हाउस बन्द गर्ने र कम भएपछि खोल्ने क्रम जारी रहेको उनको भनाइ छ । मान्डु हाइड्रोपावर, तल्लो हेवा खोला र माथिल्लो तामाकोशीमा बाढीले क्षति पुगेको उनले बताए । जलविद्युत् आयोजनाहरुमा पोल ढल्नेलगायत सामान्य विवरण आएपनि ठूलो क्षति भएको विवरण आइनसकेको उनले जानकारी दिए । वाग्मती खोलामा आएको बाढी र कुलेखानीको ड्याम खोल्दा माण्डु हाइड्रोपावरको पावर हाउस डुबाएको इप्पानले जनाएको छ । साधारणतया २८ सय मेगावाट बिजुली उत्पादन हुन्थ्यो । अहिले १२ सय मेगावाट बिजुली उत्पादन अवरुद्ध भएको छ ।

प्राधिकरणका प्रवक्ता घोषका अनुसार दमक र इलामस्थित गोदककाे बीचमा रहेको टावर नम्बर ५१ ढल्दा इलाम, पाँचथर, फिदिम र ताप्लेजुङ क्षेत्रमा अनिश्चितकालको लागि विद्युत् अवरुद्ध भएको छ । स्थानीय जलविद्युत् आयोजनाहरुले विद्युत् उत्पादन गरी स्थानीयमा वितरण गरेको खण्डमा मात्रै विद्युत् आपूर्ति हुन सक्ने घोषले जनाए । यस्तै उपत्यकाका रेडियाे नेपाल, सातदाेबाटाे, खाेकना र भक्तपुरका केही स्थानमा लाइन सुचारु नभएको घोषको भनाइ छ ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

काठमाडौँ : मनसुनी वर्षापछि आएको विपद्‍मा परेर आज ५:३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुवानमा परी अन्य ३५ जना घाइते भएका छन् भने ७९ जना बेपत्ता रहेका छन्। …

Read more

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

१० भदौ सुनसरी: कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ।  विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस आज साँझ कोशी ब्यारेजको पुलबाट नदीमा खसेको सुनसरीका प्रमुख जिल्ला…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

वर्षाको प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

वर्षाको प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी