बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

२० भदौ काठमाडौं :  बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। एक सय ७९ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ।

‘बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ। त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ। स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ’, उनले भने।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन्।

बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

१२ भदौ काठमाडौँ — अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोसी, काबेली, तमोर करिडोरका…

Read more

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

काठमाडौँ : मनसुनी वर्षापछि आएको विपद्‍मा परेर आज ५:३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुवानमा परी अन्य ३५ जना घाइते भएका छन् भने ७९ जना बेपत्ता रहेका छन्। …

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।