स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

१ असोज काठमाण्डौ । अख्तियारमा परेको उजुरि मध्ये सबौभन्दा धेरै स्थानिय तह संग संबन्धित उजुरि परेको छ ।

गत आर्थिक वर्ष आयोगमा कुल २६,९१८ उजुरी परेका थिए भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ९,२६८ उजुरी थिए।

गएको आर्थिक वर्षमा कारबाही गर्नुपर्ने कुल उजुरीको सङ्ख्या ३६,१८६ रहेकोमा ७६.५९ प्रतिशत अर्थात् २७,७१४ उजुरीहरू ‘स्क्रिनिङ’ तथा प्रारम्भिक छानबिनबाट नै फर्छ्यौट भएको आयोगले जनाएको छ।

आयोगमा परेका कुल उजुरीमध्ये सबैभन्दा बढी सङ्‍घीय मामिला (स्थानीय तहसमेत)सँग सम्बन्धित ३८.९१ प्रतिशत छन् भने दोस्रोमा शिक्षा (स्थानीय तहसमेत) १५.७९ प्रतिशत छन्।

“यी दुवै भनेका स्थानीय तहसँग नै सम्बन्धित भएकाले स्थानीय तहसँग सम्बन्धित उजुरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ भने अन्य क्षेत्रको ५० प्रतिशतभन्दा कम देखिन्छ,” प्रवक्तानरहरि घिमिरेले भने।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

रास्वपाको राष्ट्रीय भेला सुरु ।

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ। भेला बुधबारसम्म हुनेछ । पहिलो दिन कार्यबहाक महामन्त्री एवं संगठन विभाग प्रमुख…

Read more

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

भदौ ३१ सिड्नी । पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

रास्वपाको राष्ट्रीय भेला सुरु ।

रास्वपाको राष्ट्रीय भेला सुरु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

आगामी मंसिरमा उपनिर्वाचन ।

आगामी मंसिरमा उपनिर्वाचन ।

घट्यो पेट्रोलियम पदार्थको मुल्य ।

घट्यो पेट्रोलियम पदार्थको मुल्य ।