त्रिवि Archives - Himshikhar Dainik

आगामी बर्ष देखि त्रिविले तीन क्याम्पसबाट ट्रान्सक्रिप्ट दिने।
२८ भदौ काठमाडौँ : अनेकन् बेथितिले गाँजिएको देशकै जेठो त्रिभुवन विश्वविद्यालय(त्रिवि) पछिल्लो समय सुधारको बाटोमा देखिन थालेको छ। परीक्षा नतिजा प्रकाशन गर्न एक वर्षभन्दा बढी समय लाग्ने गरेकोमा केही समयदेखि समयमै नतिजा प्रकाशन गर्न थालिएको छ।

परीक्षा सकिएको चार दिनमै नतिजा प्रकाशन पनि भइसकेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल परीक्षा सकिएको चौथो दिन साउन १३ गते नतिजा प्रकाशन भएको थियो।

त्रिविले आफ्नै पुनर्संरचना गरेर पनि बेथिति अन्त्यको प्रयास थालेको छ। आंगिक र सम्बन्धन प्राप्त क्याम्पसलाई समेट्दै ७ वटै प्रदेशमा ‘प्रादेशिक विश्वविद्यालय स्थापना’ गर्ने योजना अघि सारेको छ।

यसअघि त्रिविले पोखराको पृथ्वीनारायण क्याम्पस, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसलाई डिग्री अवार्डिङ इन्स्टिच्युट (उपाधि दिने संस्था)का रूपमा विकास गर्दै छ।

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार उक्त शैक्षिक संस्था विकास गर्न बजेट पनि विनियोजन भइसकेको छ। उनले भने, ‘त्रिविलाई थप व्यवस्थित गर्दै हामी गइरहेका छौँ। यी मोरङ क्याम्पस, पृथ्वीनारायण क्याम्पस र महेन्द्र क्याम्पस नेपालगञ्जलाई ‘डिग्री अवार्डिङ इन्स्टिच्युट’काे रूपमा विकास गर्दै छौँ।’

प्राडा केशरजंग बराल त्रिवि उपकुलपति नियुक्ति भएपछि उनले त्रिविको समग्र सुधार कार्ययोजनासहित सोचपत्र सार्वजनिक गरेका थिए। गत वैशाखमा सार्वजनिक भएको ‘त्रिभुवन विश्वविद्यालयको समग्र सुधार कार्ययोजना–२०८०–०८४’ मा उक्त योजना पनि समेटिएका थिए।

उक्त सोचपत्रमा भनिएको छ, ‘विश्वविद्यालयको पुनर्संरचना कार्यक्रमअन्तर्गत पृथ्वीनारायण, पोखरा,महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगर र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जलाई उपाधि दिने संस्थाको रूपमा विकास गर्ने।’

आगामी वर्षदेखि त्यहीबाट ट्रान्सक्रिप्ट प्रदान गरिने

त्रिविका शिक्षाध्यक्ष केसीले पृथ्वीनारायण, पोखरा,महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगर र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जलाई उपाधि दिने संस्थाको रूपमा विकास गरी आगामी वर्षदेखि सोही ठाउँबाटै ट्रान्सक्रिप्ट दिने व्यवस्था गरिने जानकारी दिए।

उनले भने, ‘यसका लागि आवश्यक काम थालनी भइसकेको छ। आगामी वर्षदेखि जसरी त्रिविमा ट्रान्सक्रिप्ट दिइन्छ,त्यसैगरी त्यही ठाउँबाट ट्रान्सक्रिप्ट लिन सकिनेछ।’ त्रिविले दिने सेवालाई विकेन्द्रीकरण गर्न केन्द्रबाहेक क्षेत्रीय स्तरमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई सुविधा सम्पन्न बनाउने योजना पनि अघि सारेको छ।

त्यसो त विस्तारै त्रिविमै धाउनुपर्ने बाध्यता हट्दै जाने उनको विश्वास छ। ‘नयाँ खोल्नेभन्दा पनि यसैको नाममा शैक्षिक संस्था बढाउने भन्नेछ। यसबाट विद्यार्थीहरूलाई सहज पुग्छ भने त्रिवि पनि व्यवस्थित बन्ने छ’, उनले भने।

विश्वविद्यालय अनुदान आयोग अनुसार त्रिविका ६२ वटा आंगिक क्याम्पस, ५२८ वटा सामुदायिक क्याम्पस र ५५४ वटा निजी क्याम्पसहरू हाल सञ्चालनमा छन्।

प्रदेशबाट उत्तरपुस्तिका परीक्षण शुरु

त्रिविले समयमा नतिजा प्रकाशन गर्न प्रदेशबाट उत्तरपुस्तिका परीक्षाको काम थालेको छ। त्यसैले अबदेखि समयमै नतिजा प्रकाशित हुने त्रिविका शिक्षाध्यक्ष केसीले जानकारी दिए।

उनले भने, ‘नतिजाका लागि प्रदेशबाट काम सुरु भइसकेको छ। अबदेखि समयमै नतिजा प्रकाशित हुन्छ।’ त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालका अनुसार यसका लागि त्रिवि पनिकासँगै त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई सक्रिय गराइएको छ। त्यसो त अबदेखि ३ महिनाभित्र नभए ४ महिनाभित्र नतिजा प्रकाशन हुनेछ।

The post आगामी बर्ष देखि त्रिविले तीन क्याम्पसबाट ट्रान्सक्रिप्ट दिने। appeared first on Himshikhar Dainik.

अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती
२४ भदौ, श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरीमा करार सेवा लिने सम्बन्धी सूचना प्रकाशित भएको छ र उक्त सेवामा विगतका वैकल्पिक उम्मेदवारहरुले मात्र विज्ञापन भर्न पाउने कुरा उल्लेख गरिएको सन्दर्भमाा रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन नेपालले बिरोध गरेको छ ।

विगतमा वैकल्पिकबाट फालिएका उम्मेदवारहरुको समयावधि १० वर्ष भन्दा बढीका पनि छन् । तसर्थ त्यस्ता उम्मेदवारहरू छनौट भई आएमा क्याम्पस प्रशासनको सेवामा कुनै पनि परिवर्तन नहुने बरु आर्थिक श्रोतको दोहन मात्र हुने अनेरास्ववियु, जिल्ला कमिटी, सप्तरीको ठम्याई रहेको छ । यस विषयप्रति अनेरास्ववियु, जिल्ला कमिटी सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ  भनि बिज्ञप्तीमा भनिएको छ।

साथै मुख्य लेखा सहायक (पद संख्या-१) र पुस्तकालय सहायक (पद संख्या-१) का लागि खोलिएको करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ ।

The post अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती appeared first on Himshikhar Dainik.