
२४ भदौ, श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरीमा करार सेवा लिने सम्बन्धी सूचना प्रकाशित भएको छ र उक्त सेवामा विगतका वैकल्पिक उम्मेदवारहरुले मात्र विज्ञापन भर्न पाउने कुरा उल्लेख गरिएको सन्दर्भमाा रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन नेपालले बिरोध गरेको छ ।
विगतमा वैकल्पिकबाट फालिएका उम्मेदवारहरुको समयावधि १० वर्ष भन्दा बढीका पनि छन् । तसर्थ त्यस्ता उम्मेदवारहरू छनौट भई आएमा क्याम्पस प्रशासनको सेवामा कुनै पनि परिवर्तन नहुने बरु आर्थिक श्रोतको दोहन मात्र हुने अनेरास्ववियु, जिल्ला कमिटी, सप्तरीको ठम्याई रहेको छ । यस विषयप्रति अनेरास्ववियु, जिल्ला कमिटी सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ भनि बिज्ञप्तीमा भनिएको छ।
साथै मुख्य लेखा सहायक (पद संख्या-१) र पुस्तकालय सहायक (पद संख्या-१) का लागि खोलिएको करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ ।






