प्रधानमन्त्री Archives - Himshikhar Dainik

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन
भदौ १९ काठमाडौं । प्रधानमन्त्री समेत रहेका  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नैतिकहीन गतिविधि स्वीकार्य नहुने बताएका छन् । आज (बुधबार) पोलिट्ब्युरो बैठकमा ओलीले आचारणहीन, नैतिकहीन र चरित्रहीन कुरालाई नसहने बताएका हुन् ।

‘यो पार्टी ढल होइन । व्यक्ति विशेषका कमी कजोरीहरू हुन सक्छन्, कि त राजनीति गरौं कि त इन्जोय । राजनीति र इन्जोय दुवै गर्न पाइँदैन ।’ ओलीले पार्टी नीतिगतरूपमा प्रष्ट रहेको पनि दाबी गरेका छन् । उनले एमाले जग र जरा भएको पार्टी भएको बताए । परिवर्तन सम्भव छ भन्ने कुरालाई आधार बनाएर अघि बढेको धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

ओलीले पार्टीले स्वतन्त्रतापूर्वक निर्णायक शक्ति बनाउन पहल गर्ने बताएका छन् । त्यस्तै, तत्काल कुनै पनि पार्टीसँग वामपन्थी एकता नहुने ओलीले स्पष्ट पारेका छन् । ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘वामपन्थीका नाममा अहिले कुनैपनि एकता हुने सम्भावना छैन ।’ वस्तुगत मूल्यांकनका आधारमा विभिन्न कार्यहरु अगाडि बढ्दै जाने निर्णय भएको गौतमले बताए । त्यस्तै, बैठकले विभिन्न १५ वटा समसामयिक प्रस्तावहरु पारित भएको उनले बताए । जसमा शान्ति प्रक्रियालगायतका विषयमा रहेको उनले बताए ।

The post राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन appeared first on Himshikhar Dainik.

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री
१८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा मंगलबार सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको भूमिका सही नभएको टिप्पणी गरेका हुन् । ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ’, ओलीको भनाइ उधृत गर्दै एक पोलिट्ब्यूरो सदस्यले भने ।

ओलीले ११ भदौमा प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको बताए । ‘जसरी बंगलादेश र श्रीलंकाको उदाहरण दिएर सदनमा बोलेको सुनियो, त्यो एउटा जिम्मेवार नेताले बोल्ने भाषा थिएन’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रचण्डको सदनको सम्बोधनलाई प्रधानमन्त्री ओलीले टुँडिखेलमा भएको प्रदर्शनसँग पनि जोडे । १२ भदौमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी भएको थियो । ‘प्रचण्ड पनि सार्वजनिक कार्यक्रममा हिँडिरहेकै छन्, तर त्यहाँ शेरबहादुरजी र म गएको कार्यक्रममा त्यस्तो’, ओलीले प्रचण्डप्रति आशंका गरेका थिए ।

तर सामाजिक अराजकता निम्त्याएर भाँडभैलो गराउने प्रचण्डको चाहना पूरा नहुने ओलीले बताएको अर्का पोलिटब्यूरो सदस्यले बताए ।

‘सरकारमा भइञ्जेल आफै उपद्रो गर्ने, अनि अहिले बाहिर निस्केपछि असन्तुष्टहरु उचाल्ने र ओराल्ने काम भइरहेको छ’, ओलीले भनेका थिए ।

प्रचण्डको भूमिका र प्रयासबारे सचेत भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री ओलीले बताएका थिए । विशेषगरी आफू नेतृत्वको सरकारमा कुनै समस्या नआउने विश्वास नेताहरुलाई दिएका थिए ।

‘म निर्धारित समयभित्रै सरकारको नेतृत्व छोड्छु, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएर चुनावमा जान्छौं’, प्रधानमन्त्री ओलीले भनेका छन् । देउवा नेतृत्वको सरकारले गर्ने ०८४ सालको चुनावमा एकल प्रतिस्पर्धा हुने पनि ओलीले बताए ।

एकल प्रतिस्पर्धाको बातावरण मंसिरमा हुने स्थानीय तहको उपचुनावबाट बनाउने पनि उनले बताए ।

The post प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री appeared first on Himshikhar Dainik.

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ ।

प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताए ।

‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने – एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’, शर्माले भने ।

शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिए ।

देउवासँग आग्रह गर्दै भने, ‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रुपले साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न ।’

The post अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश appeared first on Himshikhar Dainik.