अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ ।

प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताए ।

‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने – एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’, शर्माले भने ।

शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिए ।

देउवासँग आग्रह गर्दै भने, ‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रुपले साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न ।’

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

कुरा हेर्ने काथाको ।

हेर्ने काथाबाट चर्चामा आएका प्रकाश तामाङले भोजपुर जिल्ला बाट नागरिकता नागरिकता पाएका छन । बिद्दा चापागाईको चर्चित कार्यक्रम हेर्ने कथाबाट प्रकाश चर्चामा आएका थिए । प्रकाशलाई हेर्ने कथाले कसरी भेट्यो…

Read more

दोरम्बा शैलुङका पहिरो पीडितलाई आर्थिक सहयोग

१६ भदौ(२०८१), रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा भदौ ८ गते राति गएको पहिरामा ज्यान गुमाएका र विस्थापित परिवारलाई नेकपा (एमाले) रामेछापले आर्थिक सहयोग गरेको छ । बिहीबार टोकरपुरमा…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश

कुरा हेर्ने काथाको ।

कुरा हेर्ने काथाको ।

दोरम्बा शैलुङका पहिरो पीडितलाई आर्थिक सहयोग

दोरम्बा शैलुङका पहिरो पीडितलाई आर्थिक सहयोग

अर्थमन्त्रीको अर्थपुर्ण कुरा ।

अर्थमन्त्रीको अर्थपुर्ण कुरा । 

सिमलतालमा बस र ट्रक दुर्घटना ।

सिमलतालमा बस र ट्रक दुर्घटना ।

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त ।

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त ।