प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त ।

काठमाडौं : नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। मन्त्रिपरिषद्‌ बैठकको सिफारिसमा राष्ट्रपति रामचनद्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम भदौ २४ गतेबाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति गरेका हुन्।

सिग्देल हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका छन्।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०८१/५/२४ गतेबाट लागू हुनेगरी नियुक्ति गर्नुभएको छ।’

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय भरातिय महिला बनिन श्रद्धा कपुर ।

काठमाण्डौ /बिस्वको सबैभन्दा चर्चित र लोकप्रिय सामाजिक संजाल इन्सटाग्राममा प्रियंका चोपरालाई पछाडि पार्दै बलिबुडकि अभिनेत्री श्रद्धा कपुर सर्वाधिक फलो गरिएकी महिलामा परेकी छिन । समाजिक संजाल मध्येको इस्टाग्राम सर्वाधिक लोकप्रिय…

Read more

पुर्व अमेरिकी राष्ट्रपतीले दिए उपहार ।

होडा कोटबले आफ्नो 60 औँ जन्मदिनको सम्मानमा पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसबाट विशेष उपहार प्राप्त गरेकी छिन्। अगस्ट 12 मा, टुडे होस्टलाई 43 औँ अमेरिकी राष्ट्रपतिबाट उनी र उनका…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त ।

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त ।

इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय भरातिय महिला बनिन श्रद्धा कपुर ।

इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय भरातिय महिला बनिन श्रद्धा कपुर ।

पुर्व अमेरिकी राष्ट्रपतीले दिए उपहार ।

पुर्व अमेरिकी राष्ट्रपतीले दिए उपहार ।

ढाकाको विमानस्थल ६ घण्टाका लागि बन्द

ढाकाको विमानस्थल ६ घण्टाका लागि बन्द