नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

१९ भदौ, काठमाडौं । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो सिजनका लागि १२ वटा नाउर र ८ वटा झारलको शिकार गर्न टेण्डर खुलाइएको विभागले जनाएको छ । विभागका व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार टेण्डरको म्याद १५ दिनको हुन्छ र सबै प्रक्रिया पूरा गरिसकेपछि असोजदेखि शिकार सुरु हुन्छ ।

‘शिकारको लागि प्रक्रिया सुरु भयो,’ व्यवस्थापन अधिकृत शेर्पाले भने, ‘सबै प्रक्रिया पूरा गर्न २५ दिन जति लाग्छ । त्यसपछि हामीले निश्चित ब्लक भित्र शिकार खेल्न पाउने अवधि तोकिदिन्छौं ।’

सबैभन्दा बढी रकम कबोल गरेको आधारमा शिकार गराउने संघसंस्था छनोट गरिन्छ । टेण्डर हात पारेको संघसंस्थाले शिकारमा सोख भएका विदेशी पर्यटकलाई शिकार खेल्न ढोरपाटन लैजान्छ । हालसम्म शिकार खेल्नेहरु विदेशी पर्यटकहरु मात्र रहेको विभागका व्यवस्थापन शाखा प्रमुख शेर्पा बताउँछन् ।

ढोरपाटन क्षेत्रमा हरेक वर्ष पहिलो सिजन (असोज-मंसिर) र दोस्रो सिजन (फागुन-वैशाख)मा शिकार हुँदै आएको छ ।

विदेशी शिकारीसहितको समूहले शिकार खेल्न कम्तिमा १५ दिन जङ्गलमा बिताउँछन् । तोकिएको अवधिभित्र शिकार खेल्न नसके शिकारी खाली हात फर्कनुपर्ने नियम छ ।

साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीहरुका लागि आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, बन्दोबस्तीका सामग्री तयार गर्दा एउटा शिकारीले करिब २० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका आरक्षका कर्मचारीहरु बताउँछन् ।

ढोरपाटन शिकार आरक्ष २०४४ सालमा स्थापना भएको थियो । यो आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।

मुख्य कार्यालय भने बागलुङको ढोरपाटनमा पर्छ । आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत राखिएको छ ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

१८ भदौ, काठमाडौं । हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका…

Read more

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । केन्द्रीय कार्यालय च्यासलमा…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।