टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

१८ भदौ, काठमाडौं । हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

संक्रमणकालीन न्यायसम्बन्धी ऐन ३० साउनमा प्रतिनिधिसभाले, ६ भदौमा राष्ट्रियसभाले पारित गरेको थियो भने १३ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । उक्त ऐनमा मानब अधिकारको उलंघनलाई ‘गम्भीर र सामान्य’ भनेर परिभाषित गरिएको र यसले पीडक उन्मुक्तिको बाटो खुलेको रिट निवेदकको जिकिर छ ।

‘मानव अधिकारको गम्भीर उलंघनहरु हत्या, हिंसा, शरीर  बन्धक अङ्गभङ्ग आगजनी, गैरकानुनी हत्या र यातना जस्ता अपराधहरु जसलाई जेनेभा कानुनले मानवताविरुद्धको अपराध तथा युद्ध अपराध मानेको छ, त्यसलाई समेत मानब अधिकारको ‘सामान्य उलंघन’ मा राखेर पीडकहरुलाई उन्मुक्ती दिने बाटो खोलिएको छ’, रिट निवेदकले भनेका छन् ।

त्यस्तै सशस्त्र ब्यक्तिले सशस्त्र ब्यक्तिविरुद्ध गरेको बलात्कार, यातना, नियन्त्रणमा लिई गरिएको हत्या, आत्मसमर्पणपछि गरिएको हत्या र यातनाबारेमा ऐन मौन रहेको पनि रिटमा उल्लेख छ ।

बालसेनाको प्रयोगलाई ऐनले अपराध नमानेको, गम्भीर अपराधमा समेत ७५ प्रतिशत सजाय छुटको व्यवस्था गरेकोमा पनि रिट निवेदकले प्रश्न उठाएका छन् ।

‘यो विधेयक पीडक उन्मुख छ, पीडकहरुलाई उन्मुक्ति दिने डिजाइन गरेर आएको छ । संक्रमणकालीन न्याय ठट्टको बिषय हुन सक्दैन’, रिट निवेदकले भनेका छन् ।

यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ र यसको पेशी २६ भदौमा तोकिएको छ ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । केन्द्रीय कार्यालय च्यासलमा…

Read more

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

भदौ १८ काठमाडौं : काठमाडौं महानगरपालिका ३५ औं नगर कार्यपालिका बैठक बस्यो। एक घण्टासम्म विभिन्न एजेन्डा प्रस्तुत भयो र प्रस्ताव पेश गरियो। त्यसपछि महानगरपालिकाले सर्वोच्च अदालतको फैसलाअनुसार नदीको नापी नक्साबाट कायम रहेको…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा