राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

भदौ १९ काठमाडौं ।प्रधानमन्त्री समेत रहेका  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नैतिकहीन गतिविधि स्वीकार्य नहुने बताएका छन् । आज (बुधबार) पोलिट्ब्युरो बैठकमा ओलीले आचारणहीन, नैतिकहीन र चरित्रहीन कुरालाई नसहने बताएका हुन् ।

‘यो पार्टी ढल होइन । व्यक्ति विशेषका कमी कजोरीहरू हुन सक्छन्, कि त राजनीति गरौं कि त इन्जोय । राजनीति र इन्जोय दुवै गर्न पाइँदैन ।’ ओलीले पार्टी नीतिगतरूपमा प्रष्ट रहेको पनि दाबी गरेका छन् । उनले एमाले जग र जरा भएको पार्टी भएको बताए । परिवर्तन सम्भव छ भन्ने कुरालाई आधार बनाएर अघि बढेको धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

ओलीले पार्टीले स्वतन्त्रतापूर्वक निर्णायक शक्ति बनाउन पहल गर्ने बताएका छन् । त्यस्तै, तत्काल कुनै पनि पार्टीसँग वामपन्थी एकता नहुने ओलीले स्पष्ट पारेका छन् । ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘वामपन्थीका नाममा अहिले कुनैपनि एकता हुने सम्भावना छैन ।’ वस्तुगत मूल्यांकनका आधारमा विभिन्न कार्यहरु अगाडि बढ्दै जाने निर्णय भएको गौतमले बताए । त्यस्तै, बैठकले विभिन्न १५ वटा समसामयिक प्रस्तावहरु पारित भएको उनले बताए । जसमा शान्ति प्रक्रियालगायतका विषयमा रहेको उनले बताए ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

१९ भदौ, काठमाडौं । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर…

Read more

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

१८ भदौ, काठमाडौं । हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण