जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष सहितको मृत्यु ।

बागलुङ, भदौ २८ गते । बागलुङबाट रुकुम पूर्व जाँदै गरेको जिप गलकोट नगरपालिका वडा नं. २ भुङखानीमा भएको दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष ३३ वर्षीया भूपेन्द्रा बुढामगरको शव फेला परेको छ ।

उक्त दुर्घटनामा बुढामगसँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा र   सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको समेत मृत्यु भएको छ । तीनै जनाको घटनास्थलमै ज्यान गएको हो ।

शुक्रबार बिहान पुथा उत्तरगङ्गा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा अर्का एक जना गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनास्थलमा गाउँपालिका उपाध्यक्ष बुढामगरको शव फेला परेको बताउनुभयो । निरीक्षक पौडेलले गाउँपालिका उपाध्यक्षको परिचय पत्रका आधारमा पहिचान खुलेको जानकारी दिनुभयो ।

दुर्घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । जिप मध्यपहाडी लोकमार्गदेखि करिब ३०० मिटर तल खसेको अनुमान गरिएको छ ।

  • Himshikhar Dainik

    #1 Online News Portal in Nepal.

    Related Posts

    विश्रामको छुट नभएको मंत्रीहरुलाई प्रधानमंत्रीको निर्देशन ।

    २७ भदौ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तिव्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मंत्रीहरुलाई निर्देशन दिएका छन्। बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन…

    Read more

    ईन्धन ट्यांकर ठोक्किदा ५२ जनाको मृत्यु

    २५ भदौ ,उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Might Have Missed

    जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष सहितको मृत्यु ।

    जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष सहितको मृत्यु ।

    विश्रामको छुट नभएको मंत्रीहरुलाई प्रधानमंत्रीको निर्देशन ।

    विश्रामको छुट नभएको मंत्रीहरुलाई प्रधानमंत्रीको निर्देशन ।

    ईन्धन ट्यांकर ठोक्किदा ५२ जनाको मृत्यु

    ईन्धन ट्यांकर ठोक्किदा ५२ जनाको मृत्यु

    मेलम्चि खानेपानी भ्रष्टाचारमा चारजना दोषी ठहर ।

    मेलम्चि खानेपानी भ्रष्टाचारमा चारजना दोषी ठहर ।

    के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

    के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

    अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती

    अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती