पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

२ असोज काठमाण्ठौः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चाँसो व्यक्त गरे।

“केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम ३० अर्ब हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम पाँच/छ अर्बमा खुम्चिएको छ”, अर्थमन्त्री पौडेलले भने, “किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ।”

वर्तनमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजीबजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चासो थियो। 

“स्थिर र बलियो सरकार छ। बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ। तर तीन हजारको विन्दुसम्म पुगेको बजार टिक्न सकेन। यस्तो किन भइरहेको छ भन्ने जवाफ चाहन्छु”, उनले भने। 

अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विस्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिए। पुँजीबजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि अर्थमन्त्री पौडेलले नेप्सेलाई निर्देशन दिए।

अर्थमन्त्री पौडेलसँगै राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यलगायतको टोली नेप्सेको कार्यालयमा निरीक्षण लागि पुगेको थियो। 

पुँजीबजारको विद्यमान अवस्थाको जानकारी, नेप्सेले गरिरहेका काम कारबाही तथा सुधारका लागि थाल्नुपर्ने पहलका विषयमा कर्मचारीसँग छलफल पछि राजस्व सचिव घिमिरेले पुँजीबजार सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए। नेप्सेको आन्तरिक संरचनामा सुधार, दक्ष कर्मचारी व्यवस्थापनलगायतका काममा प्राथमिकतामा रहने उनको भनाइ छ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

१ असोज काठमाण्डौ । अख्तियारमा परेको उजुरि मध्ये सबौभन्दा धेरै स्थानिय तह संग संबन्धित उजुरि परेको छ । गत आर्थिक वर्ष आयोगमा कुल २६,९१८ उजुरी परेका थिए भने अघिल्लो वर्षबाट…

Read more

रास्वपाको राष्ट्रीय भेला सुरु ।

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ। भेला बुधबारसम्म हुनेछ । पहिलो दिन कार्यबहाक महामन्त्री एवं संगठन विभाग प्रमुख…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

रास्वपाको राष्ट्रीय भेला सुरु ।

रास्वपाको राष्ट्रीय भेला सुरु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

आगामी मंसिरमा उपनिर्वाचन ।

आगामी मंसिरमा उपनिर्वाचन ।