विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

टी-२० विश्वकपमा व्यस्त नेपाली टोलीले एकदिवसीय क्रिकेटमा लय गुमाएको स्पष्ट देखिन थालेको छ। यसबाट नेपालको अगाडिको यात्रा त्यति सहज देखिँदैन।

यो शृङ्खलामा असोसिएट वर्गमा पर्ने आठ उत्कृष्ट टोलीहरू सहभागी छन्।

गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा निकै चर्चा कमाएको नेपाली टोलीका खेलाडीहरू अहिले त्यति प्रभावशाली देखिन सकेका छैनन्।विश्लेषकहरूले उनीहरूका कमजोरी केलाउन थालेका छन्।

गत वर्ष नेपालले एशिया कपमा छनोट हुँदै भारत र पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँग पहिलो पटक खेल्न पाएको थियो। ती खेलमा नेपालले राम्रै प्रभाव पनि पार्‍यो।

राम्रो खेलेकाले नेपाली टोली ‘इमर्जिङ टीम्स एशिया कप’मा छनोट भयो। टी-२० विश्वकपमा छानिएर अमेरिका र वेस्ट इन्डिज पुग्यो। त्यहाँ प्रभावशाली खेल देखाएर नेपाली खेलाडीहरूले प्रशंसा पनि बटुले।

यसपालि भने नेपाली टोली सुरुदेखि नै अस्थिर देखिएको छ।नेपाल एशिया कप २०२५ र एसीसी इमर्जिङ टीम्स एशिया कप २०२४ कुनैमा पनि छनोट हुन सकेन।

गत एप्रिलमा ओमानमा छनोट प्रतियोगिताको रूपमा खेलाइएको ‘एसीसी प्रेमिअर कप’मा सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको एशिया कपमा पुग्ने सम्भावना टुङ्गिएको थियो।

एशिया कप छनोट हुन फाइनलमा पुग्नैपर्थ्यो। तर सेमिफाइनलमा ११९ रन मात्र बनाएको नेपाललाई यूएईले सहजै पराजित गर्‍यो।

एशिया कप हातबाट उम्किए पनि तेस्रो स्थानमा रहेको भए इमर्जिङ टीम्स एसिया कप २०२४ मा छानिने अवस्था थियो।

तर नेपाल हङ्‌कङसँग पराजित भयो। साबिक विजेता भए पनि नेपाल ‘शीर्ष तीन’मा पर्न सकेन।विश्वकप लीग-२ नेपालका लागि ठूलो मञ्च हो। तर यसमा पनि चुनौती थपिन थालेको छ।

यसपालि लीग-२ मा नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड, ओमान, संयुक्त राज्य अमेरिका, यूएई , क्यानडा र नेपालसहित आठ टोली छन्।

‘सुपर लीग’बाट आएको नेदरल्यान्ड्सलाई शक्तिशाली राष्ट्र मानिएको छ। ‘प्लेअफ’बाट छानिएर पहिलो पटक खेलिरहेको क्यानडालाई तुलनात्मक रूपमा कमजोर ठानिएको छ।

तर नेपाल क्यानडासँगै सोमवार राति १०३ रनको फराकिलो अन्तरले पराजित भयो। उक्त खेलमा नेपालको ब्याटिङ अत्यन्त फितलो रह्यो।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

२ असोज काठमाण्ठौः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान…

Read more

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

१ असोज काठमाण्डौ । अख्तियारमा परेको उजुरि मध्ये सबौभन्दा धेरै स्थानिय तह संग संबन्धित उजुरि परेको छ । गत आर्थिक वर्ष आयोगमा कुल २६,९१८ उजुरी परेका थिए भने अघिल्लो वर्षबाट…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

रास्वपाको राष्ट्रीय भेला सुरु ।

रास्वपाको राष्ट्रीय भेला सुरु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।