रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

५ असोज रौतहट : रौतहटको राजपुरमा हैजाको प्रकोप फैलिन थालेपछि स्थानीय प्रभावित भएका छन्।

स्थिति गम्भीर देखिएपछि प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरको नेतृत्वमा विशेषज्ञहरूको टोली शनिवार आवश्यक औषधि र सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएका छन्। 

टोलीमा अस्पतालका अध्यक्ष महमद अनवर हाशमी, इमर्जेन्सी इन्चार्ज डा. राजेशकुमार सिंह, डा.गोपाल गुप्तालगायतका स्वास्थ्यकर्मीहरू सहभागी छन्। 

राजपुरको वडा ३ र ४ मा झाडा पखालाको तीव्र प्रकोप देखिएको छ, जसले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ। 

स्वास्थ्य चौकी राजपुरमा पछिल्लो दुई दिनमा २२ जना बिरामी उपचारका लागि पुगेका थिए। तीमध्ये ७ जनाको दिशाको नमुना परीक्षणका लागि गौर पठाइएको थियो, जहाँ आरडिटी परीक्षणबाट ६ जनामा हैजाको किटाणु फेला परेको पुष्टि भएको छ। 

स्वास्थ्य संयोजक आलमका अनुसार, १८ जना बिरामी हाल अस्पतालमा उपचाररत छन्, जसमा १० जना महिला, ७ बालबालिका र एक पुरुष रहेका छन्। बाँकी ४ जना भने उपचारपछि घर फर्किसकेका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार, झाडा पखाला र हैजा नियन्त्रणका लागि सावधानी अपनाउनु अत्यावश्यक छ। डा. मुरारी ठाकुरले भने, ‘स्वास्थ्य रहन खाना खानुअघि र दिशा गरेपछि राम्ररी हात धुनुहोस्।’ 

तातो पानीको प्रयोग गर्नुहोस् र बासी, सडेगलेको वा खुला राखिएको खानेकुरा नखान र पेट बिगार्ने खाना खानबाट जोगिन उनले अनुरोध गरेका छन्।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

टी-२० विश्वकपमा व्यस्त नेपाली टोलीले एकदिवसीय क्रिकेटमा लय गुमाएको स्पष्ट देखिन थालेको छ। यसबाट नेपालको अगाडिको यात्रा त्यति सहज देखिँदैन। यो शृङ्खलामा असोसिएट वर्गमा पर्ने आठ उत्कृष्ट टोलीहरू सहभागी छन्।…

Read more

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

२ असोज काठमाण्ठौः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

रास्वपाको राष्ट्रीय भेला सुरु ।

रास्वपाको राष्ट्रीय भेला सुरु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।