सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

९ भदौ काठमाडौँ : चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम ठगीबारे जीबीराईसहित १७ जनाविरुद्ध मंगलवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त अधिकारी, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरविरुद्ध ठगी मुद्दा दर्ता भएको अदालतले जनाएको छ।

उनीहरूमध्ये कुमार रम्तेल मात्रै पोखरामा पक्राउ परेका छन्। अरूका हकमा पक्राउको अनुमित प्राप्त भए पनि हाल फरार छन्। अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर भएको छ। 

उक्त सहकारीबाट गोरखा मिडियामा गएको रकमका बारेमा भने अनुसन्धान बाँकी नै रहेकाले अनुसन्धान सकेर पुरक निवेदन लैजाने बताइएको छ। 

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

५ असोज रौतहट : रौतहटको राजपुरमा हैजाको प्रकोप फैलिन थालेपछि स्थानीय प्रभावित भएका छन्। स्थिति गम्भीर देखिएपछि प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरको नेतृत्वमा विशेषज्ञहरूको टोली शनिवार आवश्यक औषधि…

Read more

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

टी-२० विश्वकपमा व्यस्त नेपाली टोलीले एकदिवसीय क्रिकेटमा लय गुमाएको स्पष्ट देखिन थालेको छ। यसबाट नेपालको अगाडिको यात्रा त्यति सहज देखिँदैन। यो शृङ्खलामा असोसिएट वर्गमा पर्ने आठ उत्कृष्ट टोलीहरू सहभागी छन्।…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

रास्वपाको राष्ट्रीय भेला सुरु ।

रास्वपाको राष्ट्रीय भेला सुरु ।