युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

१०भदौ काठमाडौं :सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्।

हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। बुबा ५४ वर्षीय रामदिनेशको कुहिनोमा गोली लागेको छ। बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा उनलाई पनि गोली लागेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रादेशिक अस्पताल मलंगवामा उनको  उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए। 

प्रहरीले घटनास्थलबाट दुई राउण्ड गोलीको खोका र एक राउण्ड मिसफायर भएको गोली बरामद गरेको छ।

प्रहरीका अनुसार धीरेन्द्र केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए। गोली प्रहार गरी भागेका उनको खोजी र पत्नीको हत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिँदैछ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

९ भदौ काठमाडौँ : चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम ठगीबारे जीबीराईसहित १७ जनाविरुद्ध मंगलवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।  सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी,…

Read more

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

५ असोज रौतहट : रौतहटको राजपुरमा हैजाको प्रकोप फैलिन थालेपछि स्थानीय प्रभावित भएका छन्। स्थिति गम्भीर देखिएपछि प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरको नेतृत्वमा विशेषज्ञहरूको टोली शनिवार आवश्यक औषधि…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?

स्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?