बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

काठमाडौँ: मनसुनी वर्षापछि आएको विपद्‍मा परेर आज ५:३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुवानमा परी अन्य ३५ जना घाइते भएका छन् भने ७९ जना बेपत्ता रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। 

पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको पनि सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।
 
उनका अनुसार ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता छन्।  

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

१० भदौ सुनसरी: कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ।  विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस आज साँझ कोशी ब्यारेजको पुलबाट नदीमा खसेको सुनसरीका प्रमुख जिल्ला…

Read more

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

१०भदौ काठमाडौं : सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्।  हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।