लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम जोडिएकी संसद्का लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। 

पोखरेल पत्नी अन्जला कोइरालासहित २६ जनाविरूद्ध मंगलबार मोरङ  जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।  

‘अन्जला कोइरालासहित २६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो,’ अदालतका सूचना अधिकारी हमबहादुर बुढाथोकीले भने, ‘मंसिर २७ मा अभियोगपत्र दायर भएको थियो। सोही अनुसार पक्राउ पुर्जी जारी भएको हो।’ 

इलाका प्रहरी कार्यालय रंगेलीले यो विषयमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो।  

सोही आधारमा सरकारी वकिलको कार्यालय मोरङले पोखरेल पत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो।

मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियामा रहेको यो सहकारीमा कुनै बेला सञ्चालक समिति सदस्य रहेकी अञ्जला  मोरङ २ का एमाले सांसदसमेत रहेका लेखा समिति सभापति पोखरेलकी पत्नी हुन्।

उनले यो प्रकरण बाहिर आएपछि  सहकारीबाट आफै ठगीमा परेको र सहकारीकै कारण आफू कालोसूचीमा परेको दाबी गरिरहेकी थिइन्। 

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

२० भदौ काठमाडौं :  बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। एक सय ७९ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम…

Read more

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

१२ भदौ काठमाडौँ — अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोसी, काबेली, तमोर करिडोरका…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते