
सप्तरी राजबिराज भदौ ०१ ;एक अप्रत्यासित घटना जसले उपस्थित सबैको मन रुदै थियो तर कसैले पनि साहस गरेको थिएन ।
श्रावन २९ गते अन्दजी ११ बजे सप्तरीको भन्सार कार्यालय नजिक एक अपहरणकारीले बच्चा चोरी गरि लग्दै गर्दा बच्चाको हजुरआमा रुदै थिईन त्यसै समयमा मोटर साईकलमा आएका एक युवक चन्द्रकान्त मिश्रले आमालाई सहयोग गर्नुभयो र ससत्र प्रहरी बलको जवान ए.के. साहको बिषेश सहयोगमा सिमा सुरक्षामा खटिएका प्रहरीहरुलाई खवर गरी दुई तर्फी बोर्डर सिल गर्न लगाई बच्चालाई तिलाठी नजिक रेसक्यु गर्न सफल भयो ।







