आजबाट एमाले केन्द्रिय कमिटी बौठक बस्दौ ।

काठमाडौं :  नेपाल कम्युनिसट पार्टि एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान  ११ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन्। उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका छन्। 

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन्। दुई दिनभित्र बैठक सक्ने तयारी छ। यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो। 

अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। 

संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

प्रसाईको सब गाडिएको अवस्थामा फेला ।

सर्लाही : हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ। उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको…

Read more

अल्लुअर्जुनको जमानतको सुनुवाई जनवरीमा हुने……।

काठमाण्डौ-तेलुगु सुपरस्टार अल्लु अर्जुनको भ्रमणका कारण उत्पन्न भागदौडमा एक महिलाको मृत्यु हुनुका साथै छोरा गम्भिर घाइते भएकाको थियो । संध्या थिएटरमा भागदौड भएको थियो । अर्जुन पुष्पा २ को स्क्रिनिङ…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

आजबाट एमाले केन्द्रिय कमिटी बौठक बस्दौ ।

आजबाट एमाले केन्द्रिय कमिटी बौठक बस्दौ ।

प्रसाईको सब गाडिएको अवस्थामा फेला ।

प्रसाईको सब गाडिएको अवस्थामा फेला ।

अल्लुअर्जुनको जमानतको सुनुवाई जनवरीमा हुने……।

अल्लुअर्जुनको जमानतको सुनुवाई जनवरीमा हुने……।

अफ्रिकाको एउटा यस्तो सुन खानी ……..

अफ्रिकाको एउटा यस्तो सुन खानी ……..

बढ्यो,पेट्रोल र डिजेलको मूल्य ।

बढ्यो,पेट्रोल र डिजेलको मूल्य ।

बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।

बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।