प्रसाईको सब गाडिएको अवस्थामा फेला ।

सर्लाही : हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ।

उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता थिए। पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए।

कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

“परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उनको निरन्तर खोजी गरिरहेको थियो”, प्रहरी उपरीक्षक श्रेष्ठले भने, “खोजतलासको क्रममा उनले  लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ। पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो। त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो। आज उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो।” 

उनका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो। प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको प्रहरीले जनाएको छ। 

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ। प्रसाईंको हत्यापछि गाउँ त्रासमा परेको छ। प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आएका थिए।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

अल्लुअर्जुनको जमानतको सुनुवाई जनवरीमा हुने……।

काठमाण्डौ-तेलुगु सुपरस्टार अल्लु अर्जुनको भ्रमणका कारण उत्पन्न भागदौडमा एक महिलाको मृत्यु हुनुका साथै छोरा गम्भिर घाइते भएकाको थियो । संध्या थिएटरमा भागदौड भएको थियो । अर्जुन पुष्पा २ को स्क्रिनिङ…

Read more

अफ्रिकाको एउटा यस्तो सुन खानी ……..

काठमाण्डौ-अफ्रीकाको ” मैपॉइलिंग गोल्ड माइन” संसारको सबौभन्दा गहिरो सुन खानी हो । यो सुन खानि लगभग ४ किलोमीटरको रहेको छ। यो धेरै नौ अद्भुत खानी हो । खानी भित्रको तापक्रम…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

प्रसाईको सब गाडिएको अवस्थामा फेला ।

प्रसाईको सब गाडिएको अवस्थामा फेला ।

अल्लुअर्जुनको जमानतको सुनुवाई जनवरीमा हुने……।

अल्लुअर्जुनको जमानतको सुनुवाई जनवरीमा हुने……।

अफ्रिकाको एउटा यस्तो सुन खानी ……..

अफ्रिकाको एउटा यस्तो सुन खानी ……..

बढ्यो,पेट्रोल र डिजेलको मूल्य ।

बढ्यो,पेट्रोल र डिजेलको मूल्य ।

बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।

बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी