नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

काठमाडौं : नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल  इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ।

भौतिकशास्त्र विषयका ४५ वर्षीय वैज्ञानिक डा. मैनालीले आँखाको लेन्समा पाइने अल्फा–क्रिस्टालिन प्रोटिनको मोतियाबिन्दु निर्माणमा रहेको भूमिकाबारे सूक्ष्म अध्ययनका लागि उक्त अनुदान  प्राप्त गरेका हुन्।

उनले २०१९ देखि नै मोतियाबिन्दु लाग्दा आँखाको लेन्समा अल्फा– क्रिस्टालिन प्रोटिनको भूमिकाबारे अध्ययन सुरु गरेका थिए।  उनलाई २०१९ मा नै पाँच वर्षको अध्ययनका लागि एनआईएचले १५ लाख डलरको ग्रान्ट दिएको थियो। डा. मैनाली हाल अमेरिकाको इडाहो राज्यस्थित ‘बोइस स्टेट युनिभर्सिटी’ मा भौतिकशास्त्र विषयका असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत छन्।

६ वर्षयता भने मैनाली शल्यक्रियाबिनै मोतियाबिन्दुको उपचार सम्भव बनाउनका लागि लागिपरेका छन्। 

‘आँखाको लेन्सभित्र हाई कोलेस्ट्रोल राम्रो हो भन्ने कुरा पुष्टि गर्न खोज्दै छु,’ उनले भने, ‘लेन्समा हुने हाई कोलेस्ट्रोलले अल्फा–क्रिस्टालिन प्रोटिनलाई रोक्न  सकारात्मक भूमिका खेल्न सक्छ।’

विभिन्न अध्ययनअनुसार आँखाको लेन्सका झिल्लीमा उमेर र मोतियाबिन्दुसँगै अल्फा–क्रिस्टालिनको तह बढ्दै जान्छ। तर, लेन्समा अल्फा– क्रिस्टालिनको तह कसरी समाहित हुन्छ। भन्ने प्रक्रिया भने हालसम्म अज्ञात  रहेको छ।

डा. मैनालीले २०१२ मै जोन–विल युवा अनुसन्धानकर्ता अवार्ड पनि प्राप्त गरेका थिए। उनी २००० मा त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित भएका थिए।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

२० भदौ:लामखुट्टेको मौसम जारी रहँदा, संयुक्त राज्यका सार्वजनिक स्वास्थ्य अधिकारीहरूले पेस्की उड्ने कीराले गर्दा हुने विभिन्न रोगहरू ट्र्याक गरिरहेका छन्। स्वास्थ्य अधिकारीहरूले यस वर्ष अमेरिकामा वेस्ट नाइल भाइरसबाट कम्तिमा १८…

Read more

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

कोभिड विगतको कुरा हो जस्तो लाग्छ? फेरि सोच्नुहोस्त। गर्मीयामको बृद्धि , र चिसो सिजन नजिकिँदै गर्दा, ध्यान कोभिड १९ मा जान्छ, यदि तपाईंको परीक्षणले पोजिटिभ रिजल्ट आयो भने के गर्ने…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

पलेशालाई नगद सहित सम्मान गरिने

पलेशालाई नगद सहित सम्मान गरिने

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान