कैलालीमा डल्फिन

२२ भदौ विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनलाई कैलालीमा निकै नजिकबाट सजिलै अवलोकन गर्न सकिन्छ । वर्षा यामभरि मोहना र यसका सहायक नदीहरू पथरैया, काँढा, कान्द्रामा डल्फिन आउने डल्फिन यहाँ अरू ठाउँको तुलनामा सजिलै देखा पर्ने गर्दछन् ।

विभिन्न नदी र खोलाको दोभानमा नजिकबाट यिनीहरूलाई अवलोकन गर्न सकिन्छ । यी डल्फिनले कैलालीमा पर्यटकलाई आकर्षित गरिरहेका छन् । डल्फिन अवलोकनका लागि हरेक वर्ष आन्तरिकदेखि विदेशी पर्यटक आउने गरेको डल्फिन संरक्षणकर्मी एवम् डल्फिन, जलजर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । 

उहाँले विगत वर्षदेखि विद्यार्थी, सर्वसाधारण, व्यापारी, सामाजिक क्षेत्रका व्यक्ति, सरकारी कर्मचारी, विदेशी पर्यटक लगायतलाई टीकापुर नगरपालिका–७ बैदी र भजनी नगरपालिका–८ को काढाढिक क्षेत्रमा डल्फिन अवलोकन गराउँदै आउनुभएको छ । कैलालीमा देखिने डल्फिनको मान्छेसँग सामिप्यतापनि बढ्दै गएको देखिन्छ । स्थानीय थारु जातिका मछुवा र डल्फिनले एकै ठाउँमा माछाको सिकार गरिरहेको दृश्यले मनै लोभ्याउने गर्दछ ।

डल्फिनलाई स्थानीय भाषामा सोँस वा स्वांसु पनि भन्ने गरिन्छ । मान्छे जस्तै बच्चा जन्माउने डल्फिनले बच्चालाई दूध चुसाउने गर्दछन् । डल्फिनको आयु २० देखि २५ वर्षसम्म हुने गरेको छ । यिनीहरू एक सयदेखि १६० केजीसम्मको रहने गर्दछन् । चुच्चोको आकारबाट भालेपोथी थाहा हुने गर्दछ । अर्धअन्धो यो जलप्राणीले तरङ्गको सहायताले आफ्नो आसपासको जोखिम र आहारा थाहा पाउने गरेका बताइन्छ । यहाँ रहेका डल्फिनलाई संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेजी) बाजेको नेतृत्वमा जोगाउने कार्य सुरु भएको थियो । हाल समुदायका सबै मानिस डल्फिन संरक्षणमा जुटेका छन् । कैलालीका नदीमा डल्फिनमात्रै हैनन्, घडियाल र मगर गोही पनि प्रशस्त मात्रामा देख्न सकिन्छ ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

२२ भदौ, विराटनगर । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले विराटनगरबाट दाजुभाइलाई पक्राउ गरेको छ । वान एक्स बेटलगायत विभिन्न एपमार्फत सट्टेबाजी गराएको आरोपमा विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल…

Read more

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले छिट्टै बुझ्नेमा आफू आशावादी रहेको बताएका छन् । शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

कैलालीमा डल्फिन

कैलालीमा डल्फिन

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?