ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले छिट्टै बुझ्नेमा आफू आशावादी रहेको बताएका छन् ।

शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तकको बिमोचन गर्दै उनले ईपीजी पनि आफू र भारतीय प्रधानमन्त्री मोदीको सल्लाहमा नै बनेकाले त्यो प्रतिवेदन बुझ्नेमा आशावादी रहेको बताएका हुन् ।

हामी बनाउने नै मान्छे, उहाँ (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) पनि छानिएर आउनुभएको छ । म पनि छानिएर आएको छु । दुईवटै प्रधानमन्त्री त्यही ईपीजी निर्माण गर्नेहरु नै छौं । त्यो अगाडि बढ्ला’, प्रधानमन्त्री ओलीले भने ।

नेपाल र भारत दुई देशबीचका समस्या समाधान गरी सरकारलाई सिफारिस गर्न दुबै देशका ४–४ जना रहेको प्रवुद्ध व्यक्ति समूह गठन भएको थियो । उक्त समितिले प्रतिवेदन तयार पारिसकेको छ । प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीलाई र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिएका छैनन् ।

शनिबारको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिवेदन बुझ्न नेपालका प्रधानमन्त्रीले समय दिन सक्ने तर अहिलेसम्म भारतले समय दिन नसकेको बताए ।

‘अब यता नेपालतिर त नेपालको प्रधानमन्त्रीहरु फुर्सदमा नै देखिन्छ । म पनि यहाँ पुस्तक विमोचन गरेर हिँडेको छु । ईपीजीको रिपोर्ट बुझ्नै नभ्याउने त के हुन्छ र ! हामीहरुले चाहिँ बुझ्न नभ्याएको छैन । तर भारततिरबाट अलिकति भ्याइराखेको स्थिति छैन’, उनले भने ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्धी गर्ने काम गर्न नहुने पनि बताए ।

‘एउटा हाम्रो स्वार्थ र स्वार्थी कामहरु ढाकछोप गर्नका लागि हामी भूराजनीति भन्ने शब्दको आड लिन्छौं । अर्को चाहिँ हाम्रो कायरपना, लुतेपना, आफ्ना कुरा भन्न नसक्ने, भूराजनीति भनेर बस्ने’, उनले भने, ‘यो भूराजनीति हाम्रा निम्ति कुनै कमजोरीको विषय बन्नुहुँदैन ।’

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

२२ भदौ, विराटनगर । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले विराटनगरबाट दाजुभाइलाई पक्राउ गरेको छ । वान एक्स बेटलगायत विभिन्न एपमार्फत सट्टेबाजी गराएको आरोपमा विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल…

Read more

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

काठमाडौं : नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल  इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ। भौतिकशास्त्र…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

पलेशालाई नगद सहित सम्मान गरिने

पलेशालाई नगद सहित सम्मान गरिने