अर्थमन्त्रीको अर्थपुर्ण कुरा ।

१६ भाद्र काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने दाबी गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन्।

अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए।  ‘वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको गुनासो छ,’ उनले भने, ‘यो अस्थिरताकै असर हो।’

उनले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए। सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे।पहिलोपटक मौद्रिक नीतिलाई सबैले स्वागत गरेको भन्दै उनले सकारात्मक पहल यसबाटै शुरु भएको बताए। कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने बताए।

उनले राज्य र केन्द्रीय बैङ्कले लिएका नीतिले बजारमा सकारात्मक प्रभाव देखिन थालेको उल्लेख गरे।

अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको भन्दै भने राज्यले समेत सकारात्मक पहल गरिरहेको गर्भनर अधिकाारीको भनाइ छ। 

अर्थतन्त्र सकारात्मक दिशामा रहेको देखाउने एउटा आधार अटो शो रहेको उनको भनाइ थियो। यो वर्ष लचिलो मौद्रिक नीति आएको भन्दै निजी क्षेत्रको मनोबल उठाउन महत्त्वपूर्ण योगदान भएको उनको भनाइ छ। 

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

सिमलतालमा बस र ट्रक दुर्घटना ।

१६ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको…

Read more

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त ।

काठमाडौं : नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। मन्त्रिपरिषद्‌ बैठकको सिफारिसमा राष्ट्रपति रामचनद्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम भदौ २४ गतेबाट लागू हुने गरी नेपाली…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

अर्थमन्त्रीको अर्थपुर्ण कुरा ।

अर्थमन्त्रीको अर्थपुर्ण कुरा । 

सिमलतालमा बस र ट्रक दुर्घटना ।

सिमलतालमा बस र ट्रक दुर्घटना ।

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त ।

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त ।

इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय भरातिय महिला बनिन श्रद्धा कपुर ।

इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय भरातिय महिला बनिन श्रद्धा कपुर ।

पुर्व अमेरिकी राष्ट्रपतीले दिए उपहार ।

पुर्व अमेरिकी राष्ट्रपतीले दिए उपहार ।

ढाकाको विमानस्थल ६ घण्टाका लागि बन्द

ढाकाको विमानस्थल ६ घण्टाका लागि बन्द