भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए।

उनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताए।

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गरे। भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत सहभागी थिए।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा

काठमाडौँ — भारतका लागि राजदूत सिफारिस किन गरेको भन्ने प्रश्नको जवाफ नेपाल सरकारले दिनुपर्ने डा. शंकरप्रसाद शर्माले बताएका छन् । संसदीय सुनुवाइ समितिमा भारतका लागि शर्मालाई राजदूत सिफारिस गर्न नमिल्ने भनी…

Read more

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा 

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश

कुरा हेर्ने काथाको ।

कुरा हेर्ने काथाको ।

दोरम्बा शैलुङका पहिरो पीडितलाई आर्थिक सहयोग

दोरम्बा शैलुङका पहिरो पीडितलाई आर्थिक सहयोग

अर्थमन्त्रीको अर्थपुर्ण कुरा ।

अर्थमन्त्रीको अर्थपुर्ण कुरा ।