जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा

काठमाडौँ — भारतका लागि राजदूत सिफारिस किन गरेको भन्ने प्रश्नको जवाफ नेपाल सरकारले दिनुपर्ने डा. शंकरप्रसाद शर्माले बताएका छन् । संसदीय सुनुवाइ समितिमा भारतका लागि शर्मालाई राजदूत सिफारिस गर्न नमिल्ने भनी उजुरी परेको थियो र सोही आधारमा सांसदहरूले प्रश्न गरेका थिए ।

सुनुवाइ समितिको आइतबारको बैठकमा सुनुवाइका क्रममा भारतका लागि प्रस्तावित राजदूतलाई सांसदहरूले सोही देशमा काम गरेर फर्किएपछि फेरि जान मिल्छ ? भनेर प्रश्न गरेका थिए । जवाफमा शर्माले भने, ‘कानुन, संविधानमा मैले लेखेको पनि देखेको छैन । एउटा निर्देशिका देखेको हो । यसको जवाफ नेपाल सरकारले दिनुपर्ने हो ।’

आफूलाई नेपाल सरकारले भारतका लागि राजदूतमा प्रस्तावित गरेकाले किन गरेको हो भन्ने जवाफ उसैले दिनुपर्ने बताए । राजदूत नियुक्ति निर्देशिका, २०७५ को बुँदा नम्बर ८ मा राजदूतको पद ४ वर्षको हुने लेखिएको र २१ नम्बर बुँदामा जुन देशमा कार्यरत हो सोही देशमा निरन्तरता हुने गरी प्रस्ताव गर्न नमिल्ने उल्लेख रहेको शर्माको भनाइ थियो । आफूले भारतमा २ वर्ष ४ महिना काम गरेको र त्यो कार्यकाल पूरा नभएको शर्माले बताए । त्यस्तै, आफ्नो कार्यकाल २०८१ जेठ २४ मा सरकारले फिर्ता बोलाएसँगै सकिएकाले निरन्तरता पनि नरहेको उनको प्रष्टोक्ति थियो । राजदूत सिफारिस गर्दा आफू पदमा कार्यरत नरहेको उनको भनाइ थियो ।

आफ्नो हकमा पदावधिको निरन्तरता नरहेको र बहाल पदको निरन्तरता पनि नरहेकाले निर्देशिकाका व्यवस्था असान्दर्भिक रहेको शर्माले बताए ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

२० भदौ:लामखुट्टेको मौसम जारी रहँदा, संयुक्त राज्यका सार्वजनिक स्वास्थ्य अधिकारीहरूले पेस्की उड्ने कीराले गर्दा हुने विभिन्न रोगहरू ट्र्याक गरिरहेका छन्। स्वास्थ्य अधिकारीहरूले यस वर्ष अमेरिकामा वेस्ट नाइल भाइरसबाट कम्तिमा १८…

Read more

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

कोभिड विगतको कुरा हो जस्तो लाग्छ? फेरि सोच्नुहोस्त। गर्मीयामको बृद्धि , र चिसो सिजन नजिकिँदै गर्दा, ध्यान कोभिड १९ मा जान्छ, यदि तपाईंको परीक्षणले पोजिटिभ रिजल्ट आयो भने के गर्ने…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

पलेशालाई नगद सहित सम्मान गरिने

पलेशालाई नगद सहित सम्मान गरिने

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता