प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा मंगलबार सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको भूमिका सही नभएको टिप्पणी गरेका हुन् । ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ’, ओलीको भनाइ उधृत गर्दै एक पोलिट्ब्यूरो सदस्यले भने ।

ओलीले ११ भदौमा प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको बताए । ‘जसरी बंगलादेश र श्रीलंकाको उदाहरण दिएर सदनमा बोलेको सुनियो, त्यो एउटा जिम्मेवार नेताले बोल्ने भाषा थिएन’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रचण्डको सदनको सम्बोधनलाई प्रधानमन्त्री ओलीले टुँडिखेलमा भएको प्रदर्शनसँग पनि जोडे । १२ भदौमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी भएको थियो । ‘प्रचण्ड पनि सार्वजनिक कार्यक्रममा हिँडिरहेकै छन्, तर त्यहाँ शेरबहादुरजी र म गएको कार्यक्रममा त्यस्तो’, ओलीले प्रचण्डप्रति आशंका गरेका थिए ।

तर सामाजिक अराजकता निम्त्याएर भाँडभैलो गराउने प्रचण्डको चाहना पूरा नहुने ओलीले बताएको अर्का पोलिटब्यूरो सदस्यले बताए ।

‘सरकारमा भइञ्जेल आफै उपद्रो गर्ने, अनि अहिले बाहिर निस्केपछि असन्तुष्टहरु उचाल्ने र ओराल्ने काम भइरहेको छ’, ओलीले भनेका थिए ।

प्रचण्डको भूमिका र प्रयासबारे सचेत भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री ओलीले बताएका थिए । विशेषगरी आफू नेतृत्वको सरकारमा कुनै समस्या नआउने विश्वास नेताहरुलाई दिएका थिए ।

‘म निर्धारित समयभित्रै सरकारको नेतृत्व छोड्छु, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएर चुनावमा जान्छौं’, प्रधानमन्त्री ओलीले भनेका छन् । देउवा नेतृत्वको सरकारले गर्ने ०८४ सालको चुनावमा एकल प्रतिस्पर्धा हुने पनि ओलीले बताए ।

एकल प्रतिस्पर्धाको बातावरण मंसिरमा हुने स्थानीय तहको उपचुनावबाट बनाउने पनि उनले बताए ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

भदौ १८ काठमाडौं : काठमाडौं महानगरपालिका ३५ औं नगर कार्यपालिका बैठक बस्यो। एक घण्टासम्म विभिन्न एजेन्डा प्रस्तुत भयो र प्रस्ताव पेश गरियो। त्यसपछि महानगरपालिकाले सर्वोच्च अदालतको फैसलाअनुसार नदीको नापी नक्साबाट कायम रहेको…

Read more

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

काठमाडौँ — चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गरेका छन् । आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गरेका बोर्ड…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा 

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश