अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

२२ भदौ, विराटनगर । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले विराटनगरबाट दाजुभाइलाई पक्राउ गरेको छ ।

वान एक्स बेटलगायत विभिन्न एपमार्फत सट्टेबाजी गराएको आरोपमा विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीहरु १८ भदौमा घरबाटै पक्राउ परेका हुन् ।

‘एन्ड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स डाउनलोड गरेको पाइएको थियो’, डीएसपी बस्नेतले भने, ‘त्यसमार्फत ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजी लिनेदिने काम गर्ने गरेको खुल्यो ।’

सट्टेबाजीमा प्रयोग गर्दै आएको कम्प्युटरको सीपीयू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गरिएको जानकारी उनले दिए ।

उनीहरुविरुद्ध सट्टेबाजी आरोपमा अनुसन्धान भइरहेको छ । सट्टेबाजी गर्नेलाई १ वर्षसम्म कैद र १० हजारसम्म जरिबाना हुने व्यवस्था मुलुकी अपराध संहितामा छ ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले छिट्टै बुझ्नेमा आफू आशावादी रहेको बताएका छन् । शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा…

Read more

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

काठमाडौं : नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल  इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ। भौतिकशास्त्र…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

२०२४ को लागि नयाँ COVID खोप, को हुँदौछ लाभान्वित ?

पलेशालाई नगद सहित सम्मान गरिने

पलेशालाई नगद सहित सम्मान गरिने