धनगढीमा धारिलो हतियार प्रहार : ट्याङ्करका चालक र सहचालक घाइते

२३ भदौ । कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ ।

आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

गएराति ११ः२० बजेको समयमा धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३९७ नम्बरको बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरेका थिए ।

आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तर सोही घटनामा संलग्न अन्य दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार ट्याङ्कर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा आक्रमण र तोडफोड भएको हो । ‘दुई जनालाई राति नियन्त्रणमा लिएका छौं । आज सोधपुछ गर्छौं अनि घटनाको कारण डिटेलमा खुल्ला,’ एसपी विष्टले भने ।

आक्रमणकारीले पार्किङ गरी राखिएका चारवटा ट्याङ्करहरुमा पनि तोडफोड गरेका छन् । ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नं.को ट्याङ्करहरुको अगाडिको सिसामा क्षति पुगेको छ ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।

भाद्र २३ काठमाण्डौ- China southern एयरलाइन्सले पोखरा र भैरहवाका नयाँ विमानस्थलमा उडान सुरु गर्न चासो देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग बिहीबार भएको भेटमा पोखरा क्षेत्रीय…

Read more

कैलालीमा डल्फिन

२२ भदौ  विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनलाई कैलालीमा निकै नजिकबाट सजिलै अवलोकन गर्न सकिन्छ । वर्षा यामभरि मोहना र यसका सहायक नदीहरू पथरैया, काँढा, कान्द्रामा डल्फिन आउने डल्फिन यहाँ अरू…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

धनगढीमा धारिलो हतियार प्रहार : ट्याङ्करका चालक र सहचालक घाइते

धनगढीमा धारिलो हतियार प्रहार : ट्याङ्करका चालक र सहचालक घाइते

China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।

China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।

कैलालीमा डल्फिन

कैलालीमा डल्फिन

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान