भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज

२४ भदौ काठमाडौं ।राजधानी काराकसबाट स्पेन पुग्नुभएका भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले अडियो सन्देशमार्फत भेनेजुएलाको स्वतन्त्रता र प्रजातन्त्रको पुनरागमनका लागि लडाइँ जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जुलाईमा भएको विवादास्पद राष्ट्रपति निर्वाचनबाट निर्वाचित निकोलस मादुरो विजयको घोषणालाई चुनौती दिने गोन्जालेज आफ्नी श्रीमतीसँग स्पेनको राजधानी मड्रिडस्थित टोरेजोन डे अर्डोज सैन्य बेसमा अवतरण गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेन पुगेलगत्तै उहाँले जारी गरेको अडियो सन्देशमा ज्यान मार्ने धम्कीका कारण काराकसबाट स्पेन पुगेको स्पष्ट पार्नुभएको छ। उहाँले आफ्ना समर्थक र स्पेनी सरकारलाई धन्यवाद समेत दिनुभएको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले उहाँको आगमनको स्वागत गर्दै स्पेनले ‘प्रजातन्त्रका नायक’ लाई कहिल्यै नत्याग्ने अभिव्यक्ति दिनुभएको बीबीसीले जनाएको छ ।

युरोपेली संघ-ईयूका उप-राष्ट्रपति जोसेफ बोरेलले लोकतन्त्रमा कुनै पनि राजनीतिक व्यक्ति अन्य देशमा शरण लिनु नपर्ने भन्दै भेनेजुएलाको लोकतन्त्रका लागि निकै दुखद दिन भएको प्रतिक्रिया दिनुभएको छ ।

राष्ट्रपति निर्वाचनपछि मदुरोको जितलाई अस्वीकार गरेको कारण मदुरो सरकारले गोन्जालेजविरुद्ध आरोप लगाएर पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता गोन्जालेज काराकासस्थित स्पेनी दूतावासमा बस्नुभएको थियो भने स्पेनी सरकारलाई त्यहीबाट राजनीतिक शरण दिन आग्रह गर्नुभएको थियो ।उहाँको आग्रहलाई स्पेनी सरकारले स्वीकार गरेपछि उहाँ हिजो स्पेनका लागि प्रस्थान गर्नुभएको थियो ।

निर्वाचनमा मदुरोले आफू जितेको घोषणा गरेपनि विपक्षी दल र पश्चिमा राष्ट्रहरुले उक्त चुनाव निष्पक्ष नभएको भन्दै मदुरोलाई राष्ट्रपतिको मान्यता दिन अस्वीकार गरेको छ ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

नेपाल पर्यटन बोर्डको सीईओ नियुक्त

भाद्र २३-नेपाल पर्यटन बोर्डको छैठौं प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । उनको नेतृत्वले नेपालको पर्यटन उद्योगलाई सुदृढ र प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ, विशेष गरी देशले…

Read more

धनगढीमा धारिलो हतियार प्रहार : ट्याङ्करका चालक र सहचालक घाइते

२३ भदौ । कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ । आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज

भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज

नेपाल पर्यटन बोर्डको सीईओ नियुक्त

नेपाल पर्यटन बोर्डको सीईओ नियुक्त

धनगढीमा धारिलो हतियार प्रहार : ट्याङ्करका चालक र सहचालक घाइते

धनगढीमा धारिलो हतियार प्रहार : ट्याङ्करका चालक र सहचालक घाइते

China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।

China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।

कैलालीमा डल्फिन

कैलालीमा डल्फिन

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ