ईन्धन ट्यांकर ठोक्किदा ५२ जनाको मृत्यु

२५ भदौ ,उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे जानकारी दिए। ‘इन्धन लोड गरिएको पेट्रोल ट्यांकर यात्रु र गाईवस्तु बोकेको ट्रेलर ट्रकसँग ठोक्किँदा यो घटना भएको हो,’ सेमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि दुर्घटनाग्रस्त भएका छन्।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा इन्धन ट्यांकर विस्फोट हुँदा पटक पटक ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको छ। इन्धन ट्यांकरको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ। 

सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापरबाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको पाइन्छ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

मेलम्चि खानेपानी भ्रष्टाचारमा चारजना दोषी ठहर ।

२५ भदौ ,काठमाण्डौ विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिवगजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेकोछ । निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट सफाइ…

Read more

के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

२५भदौ , हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत राख्ने कि नराख्ने राजनीतिक दलहरूबीच विवाद चलिरहकै अवस्थामा  स्वामित्वको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता केशवप्रसाद गौतमले…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

ईन्धन ट्यांकर ठोक्किदा ५२ जनाको मृत्यु

ईन्धन ट्यांकर ठोक्किदा ५२ जनाको मृत्यु

मेलम्चि खानेपानी भ्रष्टाचारमा चारजना दोषी ठहर ।

मेलम्चि खानेपानी भ्रष्टाचारमा चारजना दोषी ठहर ।

के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती

अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती

भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज

भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज

नेपाल पर्यटन बोर्डको सीईओ नियुक्त

नेपाल पर्यटन बोर्डको सीईओ नियुक्त