विश्रामको छुट नभएको मंत्रीहरुलाई प्रधानमंत्रीको निर्देशन ।

२७ भदौ काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तिव्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मंत्रीहरुलाई निर्देशन दिएका छन्।

बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई सो निर्देशन दिएका हुन्। उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए। उनले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताए।

उनले सरकारका कामलाई तीव्रता दिनेगरी अघि बढ्न आग्रह गरे। उनले विस्तारै गरौँला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह गरे। उनले काममा तीव्रतासँगै योजनावद्धता आवश्यक रहेको बताए। मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको बताए।

उनले भने, ‘हामी अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ जानेछौँ। मैले अघिल्लो पटकमा पनि भनेको छु, हामी कामलाई तीव्रता दिनेछौँ। हाम्रो एउटा कमजोरी के रहेको छ भने काम बिस्तारै, बिस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ। त्यस्तो होइन। हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन। विश्राम गर्ने सुविधा पनि छैन। हामीले अत्यन्तै तिब्र गतिले काम अघि बढाउनुपर्ने छ। हामे गतिमा तीव्रता चाहिन्छ। काममा योजनावद्धता चाहिन्छ। पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ।’

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आ—आफ्नो मन्त्रालयका समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

ईन्धन ट्यांकर ठोक्किदा ५२ जनाको मृत्यु

२५ भदौ ,उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम…

Read more

मेलम्चि खानेपानी भ्रष्टाचारमा चारजना दोषी ठहर ।

२५ भदौ ,काठमाण्डौ विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिवगजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेकोछ । निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट सफाइ…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

विश्रामको छुट नभएको मंत्रीहरुलाई प्रधानमंत्रीको निर्देशन ।

विश्रामको छुट नभएको मंत्रीहरुलाई प्रधानमंत्रीको निर्देशन ।

ईन्धन ट्यांकर ठोक्किदा ५२ जनाको मृत्यु

ईन्धन ट्यांकर ठोक्किदा ५२ जनाको मृत्यु

मेलम्चि खानेपानी भ्रष्टाचारमा चारजना दोषी ठहर ।

मेलम्चि खानेपानी भ्रष्टाचारमा चारजना दोषी ठहर ।

के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती

अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती

भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज

भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज