जब कार्यालय प्रमुखलाई कर्मचारीले प्रवेशमाअवरोध गरे ।

धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ।

उच्च अदालत जनकपुरले कामकाजमा अवरोध नगर्न आदेश दिएपछि आइतबार उनी कार्यालय पुगेका थिए। तर विरोधका कारण प्रवेश गर्न सकेनन्।

सयौँको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा कार्यालय पुगेका साहलाई नगरपालिकाका कर्मचारीहरूले मूल ढोकामै अवरोध गर्दै नाराबाजी गरे। तीव्र विरोधपछि उनले कार्यालय प्रवेश नगरी फर्किनुपर्‍यो।

गत माघ २७ मा निम्न माध्यमिक तहकी शिक्षिका पवन कुमारीलाई नगरपालिकामा हाजिर गराएपछि नगर प्रमुख बेचन दासका छोरा रामभजनले ‘बुबालाई जानकारी नगराई हाजिर गराएको’ भन्दै अधिकृत साहलाई कार्यकक्षमै कुटपिट गरेका थिए।

भोलिपल्ट अधिकृत साहले नगर प्रमुख दास समक्ष छोराको व्यवहारबारे गुनासो गरे। तर, नगर प्रमुखले उल्टै धम्की दिएपछि साह उच्च अदालत जनकपुर पुगे।

अदालतले फागुन १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। छलफल नभएसम्म साहलाई कार्यालयमा निर्बाध रूपमा काम गर्न दिन आदेश दिइएको छ।

नगर प्रमुख दाससँगको विवाद बढेपछि अधिकृत साहले ८३ जना करार र दैनिक ज्यालादारी कर्मचारीलाई हटाएका थिए। साथै, केही स्थायी कर्मचारीको ग्रेड रोक्का गर्ने निर्णय गरेका थिए।

यिनै हटाइएका कर्मचारीहरूले आइतबार कार्यालय प्रवेशमा अवरोध गरेका हुन्। उनलाई सुरक्षाकर्मीको साथमा कार्यालय प्रवेश गराउन प्रयास गरिए पनि मुख्य ढोकामै विरोध जारी रहेकाले उनी फर्किन बाध्य भए।

प्रवेश नपाएपछि साहले भने, ‘अदालतको आदेशपछि सिडिओ साहेबले सुरक्षा दिनुभयो, तर झोले कर्मचारीहरू आन्दोलन गरिरहेका छन्। जबरजस्ती नगरी नगरपालिकाको पवित्र माटोलाई ढोगेर टीका लगाइ फर्किएँ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

रवि लामीछाने आज रुपन्देहि जिल्ला अदालतमा हाजिर हुने ।

९ माघ, काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि…

Read more

रास्वपा केन्द्रिय कमिटी बौठकमा के भयो निर्णय …..

काठमाण्डौ – रास्ट्रीय स्वतन्त्र पार्टीको २१ गते भएको बौठकले सोक सभा देखि बिभिन्न निर्णयहरु गरेको छ ।

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

जब कार्यालय प्रमुखलाई कर्मचारीले प्रवेशमाअवरोध गरे ।

जब कार्यालय प्रमुखलाई कर्मचारीले प्रवेशमाअवरोध गरे ।

रवि लामीछाने आज रुपन्देहि जिल्ला अदालतमा हाजिर हुने ।

रवि लामीछाने आज रुपन्देहि जिल्ला अदालतमा हाजिर हुने ।

रास्वपा केन्द्रिय कमिटी बौठकमा के भयो निर्णय …..

रास्वपा केन्द्रिय कमिटी बौठकमा के भयो निर्णय …..

आजबाट एमाले केन्द्रिय कमिटी बौठक बस्दौ ।

आजबाट एमाले केन्द्रिय कमिटी बौठक बस्दौ ।

प्रसाईको सब गाडिएको अवस्थामा फेला ।

प्रसाईको सब गाडिएको अवस्थामा फेला ।

अल्लुअर्जुनको जमानतको सुनुवाई जनवरीमा हुने……।

अल्लुअर्जुनको जमानतको सुनुवाई जनवरीमा हुने……।