के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

२५भदौ , हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत राख्ने कि नराख्ने राजनीतिक दलहरूबीच विवाद चलिरहकै अवस्थामा  स्वामित्वको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता केशवप्रसाद गौतमले संघीय सरकारसहित १० निकायलाई प्रतिवादी बनाएर अस्पतालको स्वामित्वको विषयमा रिट निवेदन दर्ता गरेका हुन् ।

अधिवक्ता गौतमले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारविरुद्ध दर्ता गरेको उक्त रिटमा प्रतिष्ठानका निर्देशकलाई प्रत्यर्थी बनाइएको छ । उक्त रिट निवेदन उपर प्रारम्भिक सुनुवाइका लागि सर्वोच्चले भदौ २६ का लागि पेसी तोकेको छ ।

रिट निवेदक गौतमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं, स्वास्थ्य मन्त्रालय काठमाडाौ, वाग्मती प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा, प्रदेश स्वास्थ्य मन्त्रालय, प्रदेशसभा सचिवालय वाग्मती प्रदेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, प्रतिष्ठानका व्यवस्थापन समितिको अध्यक्ष, हेटौंडा अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिलाई विपक्षी बनाएका छन् ।

सरकारी सम्पत्तिलाई कुनै अमुक संस्थालाई दिनेगरी कानुन बनाएको र हेटौंडा अस्पतालको चलअचल सम्पत्ति कब्जा गर्ने काम भएको रिट निवेदनमा उल्लेख छ । नेपालको संविधान २०७२ को धारा १३३ (२) (३) (४) अन्तर्गत उत्प्रेषणयुक्त, परमादेश माग गर्दै अधिवक्ता गौतमले संविधान तथा संघीय कानुनसँग बाझिएको प्रदेशको कानुन बदर गर्न माग गरेका छन् ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती

२४ भदौ, श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरीमा करार सेवा लिने सम्बन्धी सूचना प्रकाशित भएको छ र उक्त सेवामा विगतका वैकल्पिक उम्मेदवारहरुले मात्र विज्ञापन भर्न पाउने कुरा उल्लेख गरिएको…

Read more

भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज

२४ भदौ काठमाडौं । राजधानी काराकसबाट स्पेन पुग्नुभएका भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले अडियो सन्देशमार्फत भेनेजुएलाको स्वतन्त्रता र प्रजातन्त्रको पुनरागमनका लागि लडाइँ जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जुलाईमा भएको…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

के हो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वामित्व विवाद ।

अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती

अनेरास्ववियुले त्रिवि आंगिक कलेजमा बुझायो बिज्ञप्ती

भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज

भेनेजुएलाको प्रजातन्त्रको पुनरागमनका लडाइँ जारी छ : गोन्जालेज

नेपाल पर्यटन बोर्डको सीईओ नियुक्त

नेपाल पर्यटन बोर्डको सीईओ नियुक्त

धनगढीमा धारिलो हतियार प्रहार : ट्याङ्करका चालक र सहचालक घाइते

धनगढीमा धारिलो हतियार प्रहार : ट्याङ्करका चालक र सहचालक घाइते

China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।

China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।